रामेछापबाट एक बलात्कारी ६ वर्षपछि पक्राउ

रामेछापबाट एक बलात्कारी ६ वर्षपछि पक्राउ

जिल्ला प्रहरीे कार्यालय रामेछापले एक महिलालाई बलात्कार गरेर फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साविक ठूलो धादिङ–९ र हाल लिसङ्खुखपाखर गाउँपालिका १ का २७ बर्षिय टसी विकलाई आज प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले २०७२ मंसिर ६ गते बिकलाई १० बर्ष कैदको सजाय सुनाएको थियो । ६ बर्षदेखि फरार रहदै आएका विकले आफ्नो नाम नै परिवर्तन गर्दै मन्थलीको एक ग्रिल उद्योगमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका विकले आफ्नो नाम समेत परिवर्तन गरी राज विक नाम बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार