रामेछाप भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीले पाए हिलटेक

रामेछाप भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई बुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की वितरण गरिरहेको छ ।

गत वर्ष वडाको सल्ले र डुम्रिखर्कका १ सय ८९ घरधुरीलाई ५ सय लिटरको प्लाष्टिकको हिलटेक (टयाङ्की) वितरण गरिएको थियो भने यो वर्ष भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीलाई हिलटेक वितरण गरिएको वडा नं ८ का वडा अध्यक्ष केदार कार्कीले बताउनुभयो । शनिबार बाबियाखर्कका २ सय ६ घर र आईतबार भंगेरीका ९६ घरधुरीलाई हिलटेक वितरण गरिसकिएको छ ।

अब वडाका अरु ठाउँहरु वादी,लामागाउँ,लामाटोल लगायतका ठाउँमा हिलटेक वितरण गर्दै जाने वडाअध्यक्ष कार्कीले बताउनुभयो । नागरीकहरुलाई पानी संकलन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यका साथ वडा कार्यलयले एक घर एक ट्याङ्की वितरण गर्दै आएको उहाँले बताउनुभयो । पानीको समस्या झेल्दै आएका वडाका नारीकहरुलाई आकाशे पानी संकलन गरी फलफुल तथा तरकारी उत्पादनमा आत्मनिर्भर बन्न सहयोग पुगोस भनेर ट्याङ्की वितरण गरिएको वडाअध्यक्ष कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार