वाग्मती प्रदेशको बजेट खर्च ७० प्रतिशत,हटेन असारे विकासको प्रवृत्ति

वाग्मती प्रदेशको बजेट खर्च ७० प्रतिशत,हटेन असारे विकासको प्रवृत्ति

वाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा करिब ७० प्रतिशत बजेट खर्च गरेको छ । करिब ८० प्रतिशत बजेट खर्च हुने संशोधित अनुमान गरेको प्रदेश सरकारले कुल बजेटको ६९.७८ प्रतिशत अर्थात् ३५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खर्च गर्न सकेको हो । प्रदेश सरकारले गत आवमा ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेशले चालु खर्चतर्फ ६६ प्रतिशत अर्थात् १४ अर्ब ४१ करोड १३ लाख र पुँजीगततर्फ ७३ प्रतिशत अर्थात् २० अर्ब ७ करोड ३१ लाख र वित्तीयतर्फ ७० प्रतिशत अर्थात् १ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालय प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार