पुष्पलालको जन्मथलो भंगेरीमा माओवादि केन्द्र र एमाले नेपाल पक्षको संयुक्त माल्यार्पण

पुष्पलालको जन्मथलो भंगेरीमा माओवादि केन्द्र र एमाले नेपाल पक्षको संयुक्त माल्यार्पण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा माओवादि केन्द्र रामेछाप नगर कमिटि र नेकपा एमाले माधव नेपाल पक्षले संयुक्त रुपमा रामेछापको भँगेरीमा श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ ।

नेकपा एमाले ओलि पक्षका नेता तथा कार्यकर्ताहरुले भने छुट्टै एक कार्यक्रमको आयोजना गरी पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका हुन । गत वर्ष एकताको सन्देश सहित एकैठाउँमा संयुक्त रुपमा कार्यक्रम गरेका उनिहरुले यो पटक भने छुट्टै कार्यक्रम गरी पुष्पलाल श्रेष्ठले गरेको योगदानको चर्चा गरेका हुन ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार