रामेछापमा आज १९ जना कोरोना संक्रमित थपिए,३२ जना उपचारपछि निको

रामेछापमा आज १९ जना कोरोना संक्रमित थपिए,३२ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १२ जना,रामेछाप नगरपालिकामा ५ जना र सुनापती गाउँपालिकामा २ जना गरी १९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ८ जना पुगेको छ ।

आज जिल्लामा ३२ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्पतालबाट ७ जना,मन्थली नगरपालिकाबाट २ जना,रामेछाप नगरपालिकाबाट ७ जना,उमाकुण्ड गाउँपालिकाबाट ८ जना,खाँडादेवी गाउँपालिकाबाट ४ जना,गोकुलगंगा गाउँपालिकाबाट १ जना र लिखु तामाकोशी गाउँपालिकाबाट ३ जनाले कोरोना जितेका छन ।

यो सँगै जिल्लामा २३ सय ३८ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले १४९ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २१ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन परीक्षण मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार