रामेछापमा २७ जना कोरोना संक्रमित थपिए,२१ जना उपचारपछि निको

रामेछापमा २७ जना कोरोना संक्रमित थपिए,२१ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १९ जना,रामेछाप नगरपालिकामा २ जना र दोरम्बा गाउँपालिकामा ६ जना गरी २७ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ सय ८३ जना पुगेको छ ।

आज जिल्लामा २१ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट ८ जना,रामेछाप नगरपालिकाबाट ३ जना,उमाकुण्ड गाउँपालिकाबाट ३ जना,खाँडादेवी गाउँपालिकाबाट ३ जना र लिखु तामाकोशी गाउँपालिकाबाट ४ जनाले कोरोना जितेका छन ।

यो सँगै जिल्लामा २३ सय ५ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले १५७ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २१ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन परीक्षण मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार