पानीजन्य रोग फैलिनसक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
बाढीपहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउनस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरफाइसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना […]