सुनको बालासहित रामेछापका बस्‍नेत पक्राउ

सुनको बालासहित रामेछापका बस्‍नेत पक्राउ

१ सय ५० ग्राम सुनको बालासहित प्रहरीले रामेछापका एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट उनलाई प्रहरीले मंगलबार विहान ९:४५ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका-६ कुमारीगाल बौद्ध बस्‍ने २५ वर्षीय सन्तोष बस्‍नेत रहेका छन् । बस्‍नेत जजिरा एयरलाइन्सको उडानद्वारा साउदीबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लाएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार