टोकियो ओलम्पिक सकियो, अमेरिका पदक तालिकामा च्याम्पियन

टोकियो ओलम्पिक सकियो, अमेरिका पदक तालिकामा च्याम्पियन

जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन ।

टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका साथ ८८ पदक हात पार्यो ।

जापानले २७ स्वर्ण, १४ रजत र १७ काश्यका साथ ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ काश्यका साथ ६५ पदक हात पार्यो ।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए ।

उनले ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान् उपहार आशा दिएको टिप्पणी गरे । कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए ।

समारोहमा ओलिम्पिकको झण्डा प्यारिसका मेयरलाई हस्तान्तरण गरियो जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ । आयोजकहरूका अनुसार कोरोनाभाइरसको संक्रमणका कारण १९ जना खेलाडी प्रतिस्पर्धामा सामेल हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार