अदालतको फैसलाको मूल्याङ्कन इतिहासले गर्ने एमाले अध्यक्ष ओलीको दाबी

अदालतको फैसलाको मूल्याङ्कन इतिहासले गर्ने एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्याङ्कन इतिहासले गर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताउनुभयो ।

अदालतलाई धेरै विवादमा ल्याउन जरुरी नरहेको भन्दै उहाँले वाक्य वाक्य शब्द शब्दको मूल्याङ्कन हुने बताउनुभयो । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनस्र्थापना गरिदिएको थियो । शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश फेरि लोकतान्त्रिक प्रणाली छाडेर गठबन्धनको सिद्धान्तमा लागेको भन्दै उहाँले यसले विकासको अभियानलाई यसले लैजान नसक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार