रामेछापको छोरो नेपालको हिरो कुलमान घिसिङ नेविप्राको कार्यकारी निर्देशकमा नियुक्त

रामेछापको छोरो नेपालको हिरो कुलमान घिसिङ नेविप्राको कार्यकारी निर्देशकमा नियुक्त

रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा जन्मनुभएका कुलमान घिसिङ फेरी पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । उहाँले आजै पदबहाली गर्नुभएको छ ।

उहाँलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरेका छन् । उनीहरूले घिसिङको पहिलो कार्यकाल निकै सफल भएको भन्दै दोस्रो कार्यकाल पनि सफल बनाउन आफूहरूको पूर्ण सहयोग हुने बताएका छन् ।

कार्यक्रममा घिसिङले आफूले सकेसम्म प्राधिकरणको छवि उँचो बनाउने र नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताउनुभएको छ ।

उहाँले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन घिसिङको आगमन भएसँगै रामेछापवासी निकै खुशी भएका छन ।

धेरैले सामाजिक सन्जालमा अब छिनछिनमा बक्ति गैरहने समस्या समाधान हुने भन्दै घिसिङलाई गत कार्यकाल जस्तँै यो कार्यकाल पनि सफल होस भन्दै बधाई तथा शुभकामना दिईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार