नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की चयन हुनुभएको छ । आज रामेछाप बजारमा भएको जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा टिकाराम राना मगर,सचिवमा देवेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा घना श्रेष्ठ,सहसचिवमा अपना श्रेष्ठ सहित १५ सदस्य कार्यसमिती चयन गरेको हो ।जिल्लाका सबै स्थानिय तहरुमा तेक्वान्दो संघ गठन गर्ने, तेक्वान्दो खेल र खेलाडीलाई हौसला बढाउने खालका विभिन्न कार्यक्रमहरु आफनो कार्यकालमा सन्चालन हुने अध्यक्ष कार्कीले बताउनुभयो ।

तेक्वान्दो संघको बार्षिक कार्ययोजना अनुसार नै आफुले काम गर्ने कार्कीले बताउनुभयो । हाल जिल्लामा ८ वटा तेक्वान्दो डोजाङ दर्ता भएर सन्चालनमा छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार