रामेछापमा आज ६० जनाले जिते कोरोना,आज १७ जना सङ्क्रमित थपिए

रामेछापमा आज ६० जनाले जिते कोरोना,आज १७ जना सङ्क्रमित थपिए

रामेछाप जिल्लामा आज ६० जना कोरोनाले कोरोना जितेका छन । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या दुई हजार ७०० जना पुगेको छ । आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली नगरपालिकाबाट ८ जना, रामेछाप नगरपालिकाबाट ११ जना, खाँडादेवी गाउँपालिकाबाट १० जना, गोकुलगंगा गाउँपालिकाबाट २५ जना र दोरम्बा गाउँपालिकाबाट चार जनाले कोरोना जितेका हुन ।

यस्तै जिल्लामा आज १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा चार जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा तीन जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा तीन जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोसी अस्पतालमा तीन जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ९३२ जना पुगेको छ । जिल्लामा अहिले २१० जना कोरोनाका संक्रिय संक्रमित छन् । जिल्लामा कोरोना सङ्क्रमणबाट २२ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार