सिन्धुलीमा बलात्कारको आरोपमा तीन जना प्रकाउ

सिन्धुलीको कमालामाई नगरपालिकामा बलात्कारको आरोपमा तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।स्थानीय तीन जना किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप९ जना युवकमाथि लागे पनि हाल सम्म तीन जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयलेसिन्धुलीले जनाएको छ । ९ जना मध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरपक्राउ परेका हुन् । घटनामा […]

दशैं विदामा बन्द भएका रामेछापका सरकारी कार्यालय र बैंक खुले

दशैंको विदा सकिएसँगै रामेछाप जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु आफनो काममा फर्कने क्रम जारी छ । यस्तै दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि खुला भएका छन् । आजदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा […]

दसैँको तेस्रो दिन आज पनि टिका थाप्नेक्रम जारी

विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै […]

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा हराउदै गयो

दशैँ भन्ने वित्तिकै धेरैलालाई गाउँघरमा हालिने लिङ्गे पिङकोे याद आउँछ । एक समय दसैंतिहारमा ग्रामीण भेगमा लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो । बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । कुनै समय निधारमा रातो टीका अनि कानमा पहेलो जमरा सिउरिएर पिङमा मच्चिनेको जमात ठुलै हुन्थ्यो । दसैँमा एकछिन भए […]

टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

दसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । यो क्रम पूर्णिमाको दिनसम्म नै चलिरहन्छ । हिजो आफ्नै घरमा टीका लगाएकाहरूआजदेखि टाढाका आफन्तकोमा टीका थाप्न जाने चलन छ । […]

कोरोनाका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि

कोरोना महामारीका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि आएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ सय ७७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकोमा ७७÷७८ मा यो सङ्ख्या २ सय ३ मा झरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ५८ वटा ठूला उद्योग […]

२४ सयभन्दा बढीले सामाजिक सुरक्षाभत्ता र निवृत्तिभरण सुविधा दुवै लिने गरेको खुलासा

सामाजिक सुरक्षाभत्ता र निवृत्ति भरण दुवै सुविधा लिनेको संख्या बढेको भन्दै सरकारले कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गरेको परिपत्रमा सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था कडाइका साथ पालना गराउन भनिएको छ । विभागका अनुसार निवृत्तिभरण प्रणालीको विवरणसँग मिलाउँदा सामाजिक सुरक्षाभत्ता […]

दसैँमा रामेछापको पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड

दसैँको अवसरमा रामेछाप सहित नेपालका बिभिन्न पर्यटकीयस्थलमा भने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लागेको छ । रामेछापको शैलुङ क्षेत्रमा यति बेला घुम्न जानेहरु बढेका छन । जिल्लाका अन्य विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुमा दशैँ मनाउन गाउँ आएको मौकामा घम्न जानेहरु बढेका हुन । यस्तै नवरात्रको अवधिमा करिव २२ हजार भक्तजनले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका […]

साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दैछ । साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल र भारतबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यसअघि लिग चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो । पाँच राष्ट्र सहभागी साफमा भारत शीर्ष र नेपाल दोस्रो […]

भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

भोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावलेभोलिदेखि देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले आज पहाडी भेगका एकदुई […]