आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । सोही अनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज भाषा आयोगले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

आयोगका अनुसार नेपालमा हाल १ सय २३ ओटा भाषाहरू बोल्ने गरिएको छ । यस्तै ४० भाषा सङ्कटमा रहेका छन् भने एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ भाषा लोप हुने अवस्थामा रहेको आयोगले जनाएको छ । आयोगले लोपोन्मुख अवस्थामा रहेका भाषाको संरक्षणका लागि काम सुरु भएको पनि बताएको छ ।

आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वृत्ति दिएर ती भाषा संरक्षणका काम सुरु भएको बताउनुभयो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएकाले त्यसो हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा सरकारले पनि जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार