आज पनि देशका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

आज पनि देशका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार