सिटिइभिटिबाट २७ हजार बढीले ब्युटिपार्लर सम्बन्धी सीप सिके

सिटिइभिटिबाट २७ हजार बढीले ब्युटिपार्लर सम्बन्धी सीप सिके

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिबाट २७ हजार बढीले ब्युटिपार्लर सम्बन्धी सीप सिकेका छन् । सिटिइभिटिको राष्ट्रिय सिप परीक्षण समितिबाट सीप परीक्षण गराएर तह १ को तालिम सिकेर २५ हजार जना र तह २ को तालिम लिएर २ हजार बढीले प्रमाण पत्र लिएका छन् ।

छोटो अवधिको तालिम मध्ये ब्युटिपार्लर र टेलरीङ सीप महिलाहरूको रोजाइमा पर्ने गरेको सिटिइभिटिका प्रवक्ता बिनोद बडालले बताउनुभयो । सिटिइभिटिबाट सीप सिक्न चाहनेले केन्द्रीय कार्यालयसहित प्रदेश कार्यालयमा सम्पर्क गरि तालिमबारे जानकारी लिन सक्नेछन् ।

सिटिइभिटि छोटो अवधिको प्लम्बर, कार्पेन्टर, इलेक्ट्रिसियन लगायतको एक हप्ता देखि वर्ष दिन सम्म सञ्चालन हुने २ सय ६० प्रकारका पेशा व्यवसायका तालिम सञ्चालन हुन्छ । भने लामो अवधिको प्रि डिप्लोमा र डिप्लोमा तहको प्राविधिक विषय पठनपाठन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार