उपन्यासकार विनोदकुमार श्रेष्ठको उपन्यास ‘इच्छामरण’ सार्वजनिक

उपन्यासकार विनोदकुमार श्रेष्ठको उपन्यास ‘इच्छामरण’ सार्वजनिक

उपन्यासकार विनोदकुमार श्रेष्ठको ‘इच्छामरण’ नामक उपन्यास बजारमा सार्वजनिक भएको छ । आवश्यक न्युनतम स्वास्थ्य सेवामा आम जनताको सहज पहुँच नरहेको र गरिबी,अशिक्षा तथा अन्य कारणले समयमा स्वास्थ्य उपचार पाउन नसक्ने परिस्थितीमा इच्छामृत्युलाई अधिकारका रुपमा दिनुपर्छ भन्ने यस उपन्यासको मूल उद्धेश्य रहेको छ ।

उपन्यासकार श्रेष्ठ स्वयंले यथार्थ भोगाई उपन्यासमा उल्लेख गर्नुभएको छ । उहाँ २०६३ साल चैत्र २४ गते कार दुर्घटनामा परेर मेरुदण्ड भाच्चिई स्पाइनल कर्ड इन्ज्युरी भई हाल ह्वीलचेयरको सहारामा संघर्षपूर्ण जीवन व्यत्तीत गरिरनुभएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मा जन्मनुभएका उपन्यासकार श्रेष्ठको ‘इच्छामरण’ चौथो उपन्यास हो । यसअघि जीवन एक संघर्ष अनेक मोड(आत्मालाप),द स्प्रिङ लभ,आभाष लगायतका उपन्यास बजारमा आइसकेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार