रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन ३ र लिटिल मोडल अफ सिजन २ प्रतियोगिता हुने

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन ३ र लिटिल मोडल अफ सिजन २ प्रतियोगिता हुने

रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।

किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको बताउनुभयो ।

जिल्लामा लुकेर रहेका प्रतिभाहरुको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देयले किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको बताउनुभयो । उहाँले फागुन १ गतेदेखि चैत २० गतेसम्म प्रतियोगिहरुलाई मन्थलीमा तयारी प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका १४ वर्षदेखि २९ वर्षसम्मकाले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ मा र ६ वर्षदेखि १३ वर्षसम्मकाले लिटिल मोडल अफ रामेछाप सिजन २ मा सहभागि बन्न पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार