मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन आग्रह

मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन आग्रह

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिन आग्रह गरेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा आयोगले बैशाख २९ गते सम्मलाइ कट अफ डेट मान्ने निर्णय गरिसकेको छ ।

बैशाख २९ गते गते सम्म १८ बर्ष पुगेकाले मतदान गर्न पाउने भएपनि यसअघि मतदाता परिचयपत्र बनाउने क्रममा भएको कुनै त्रुटी छ भने सच्याउन आयोगले अनुरोध गरेको हो । यस्तै यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदाताले आप्mनो वडा कार्यालयको सिफारिश सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था पनि आयोगले गरेको छ ।

त्यसको लागि मतदाताले यहि फागून २० गतेभित्रमा निवेदन दिन सकिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।यस्तै आयोगलेप्रतिस्पर्धात्मक तवरले निर्वाचन सामग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि मिति हिजो बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको पनि जनाएको छ । आयोगका हालसम्म १० वटा राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन दर्ता हुन निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार