राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोट(नाम सहित)

कुन स्थानिय तहबाट कति ?

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोट(नाम सहित)

कुन स्थानिय तहबाट कति ?

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोटमा परेका छन ।

मन्थली नगरपालिकाबाट ९ वटा विद्यायल छनोटमा परेको छ । सेतीदेवी मावि सालु,मावि सिक्राल,जगदम्बा आ.वि चिउरीपानी,स्थानापती मावि बांगेसल्ला,शारदा मावि गेलु,रुद्राक्षेश्वर मावि मुगिटार,मन्थली मावि मन्थली,कालिका मावि पोखरी र भैरव मावि सुनारपानी रहेका छन ।

रामेछाप नगरपालिकाबाट ५ वटा विद्यायल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन । कालिका मावि देउराली,महारुद्र मावि बोलङबोलङ,रेणुकादेवी मावि धारापानी,मावि भंगेरी र शितलादेवी मावि सिरुबारी रहेका छन ।

खाँडादेवी गाउँपालिकाबाट ३ वटा विद्यालय खाँडादेवी मावि चोप्राङ,नवबुद्ध आवि र प्रगतीशिल मावि भिरपानी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन ।

सुनापती गाउँपालिबाट ९ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन । कुशेश्वर मावि बेथान,डहु मावि डहु,पशुपति मावि नागशिवा,शतलिंगेश्वर मावि गुन्सी,बाल मावि भिरकोट,जनजागृती मावि स्वारा,अग्लेश्वर मावि दिमीपोखरी,कृष्णपुरी मावि रुपाकोट र जलदेवी मावि खनियापानी रहेका छन ।

लिखुतामाकोशी गाउँपालिकाबाट ५ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन । त्रिपुरेश्वर मावि दुरागाउँ,नवदर्शनमावि तिल्पुङ,तामाकोसी जनजागृती मावि खिम्ती,बुद्ध जनप्रिय मावि नागदह र अरुणदोय मावि सैपु रहेका छन ।

दोरम्बा शैलुङ गाउँपालिकाबाट ३ वटा विद्यालयहरु भिमेश्वर मावि ,कण्ठेश्वर मावि र सेतीदेवी मावि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन ।

गोकुलगंगा गाउँपालिकाबाट ४ वटा विद्यालयहरु गोकुलगंगा मावि,जट्टेश्वरी मावि,शारदा मावि र श्री मावि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन ।

उमाकुण्ड गाउँपालिकाबाट ५ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन । कैलेश्वर मावि,महालङगुर मावि,कास्थेम मावि,जनता मावि र चण्डेश्वरी मावि रहेका छन ।

रामेछापको सबैभन्दा धेरै मन्थली नगरपालिका र सुनापती गाउँपालिकाबाट ९÷९ वटा विद्यालय छनोटमा परेका छन । सबैभन्दा कम खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाबाट ३÷३ वटा विद्यालय मात्रै छनोटमा परेको शिक्षा समन्वय इकाई रामेछापमा प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो ।

सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न र गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि लगायत प्राथमिकताका आधारमा भवन, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामग्री, शैक्षिक सामग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामग्रीको विकास लगायतमा बजेट विनियोजन गर्ने गरेको छ ।

यस कार्यक्रममा देशभरका चार हजार १ सय ५७ विद्यालय छनोटमा परेका छन । राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लख रकम छुट्याएको छ । देशका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार