भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणनाको लागि सबै तयारीे पूरा

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ का लागि सबै तयारीे पूरा भएको छ । जनगणनाका लागि आवश्यक सामग्रीसहित गणकलाई जिल्ला खटाइसकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार राष्ट्रिय जनगणनाको मुल गणनाका लागि ३९ हजार गणकलाई जिल्लामा खटाईएको छ । उहाँले भोली राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणनाको फारम भरेर राष्ट्रिय जनगणना २०७८को […]

सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिने गरिन्छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका उहाँको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंह […]

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, आज सार्वजनिक बिदा

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि […]

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घरघरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय […]

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । आज सोमवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ । प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । उहाँले प्रमुख प्रतिपक्ष दल […]

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले […]

सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो

सल्यानमा वस दुर्घटनाका मृतक सबैको परिचय खुलेको छ । मृत्यु हुनेहरूमा शारदा नगरपालिका –१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका– ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, त्रिवेणी गाउँपालिका ४ की ९ […]

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने हुनुभएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुहुने भएको हो । त्यसअघि १ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार गरेपछि सोही अनुसार बैठकको तयारी हुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । […]

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

  मिथिला क्षेत्रमा महत्वपूर्ण छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् ।अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, […]

तिहारको पाँचौँ दिन आज भाइटीका मनाइयो

तिहारको पाँचौँ दिन आज भाइटीका , दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका तथा मखमली, सयपत्रीको माला लगाएर मनाईएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । […]