मिलन एक्लै, युवराजलाई गठबन्धनको भर, चुनाव जित्ने दुबैको दाबी

मिलन एक्लै, युवराजलाई गठबन्धनको भर, चुनाव जित्ने दुबैको दाबी

४ मंसिरमा हुने निर्वाचनमा रामेछापको प्रदेश सभा– २ मा यो पटक दुबै जना नयाँ अनुहार हुन । एमालेबाट मिलन घिसिङ र सत्ता गठबन्धनबाट युवराज चौँलागाई प्रतिस्पर्धा गर्दैछन् । घिसिङ गैर सरकारी संघसंस्था चलाएर राजनितीमा आएका व्यक्ति हुन भने चाँैलागाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन ।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण प्रदेश सभा– २ मा एमालेबाट अहिलेका प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार कैलाश ढुंगेलले चुनाव जितेका थिए । तर, यसपटक माओवादी केन्द्रका उम्मेदवार चाँैलागाईलाई नेपाली कांग्रेसले साथ दिएको छ ।

घिसिङ र चौँलागाई दुबै जना पहिलो पटक प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् । प्रदेश सभा २ मा मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका पर्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कुनै पनि पद नजितेको यो क्षेत्रमा एमालेले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा जित हासिल गरेको थियो । यो क्षेत्रमा माओवादी केन्द्रले दोरम्बा शैलुङ र सुनापत्री गाउँपालिकामा जित हासिल गरेको थियो ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्ने हो भने नेपाली कांग्रेसले दोरम्बा शैलुङ गाउँपालिकामा उपाध्य जितेको छ । यस भन्दा बाहेक यस क्षेत्रमा केहि वडाभन्दा बाहेक प्रमुख पद कांग्रेसले जितेको छैन । एमालेले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा जित्दा माओवादी केन्द्रले दोरम्बा शैलुङ र सुनापती गाउँपालिकामा जित हासिल गरेको छ ।

२०७४ सालमा एमालेका कैलाश ढुंगेलले कांग्रेसका जित बहादुर थापा मगरलाइ १२ हजार दुई सय ६ मतान्तरले पराजित गरेका थिए । ढुंगेलले २६ हजार ९ सय ३५ मत ल्याएर विजयी बन्दा थापामगरले १४ हजार ७ सय २९ मत ल्याएका थिए ।

चुनाव जित्ने दुबैको दाबी

केन्द्रीय राजनीतिमा मात्रै सिमित रहेका युवराज चौलागाई र रामेछापमा रहेर एनजिओ,आइएनजिओ चलाइरहेका मिलन घिसिङबीच हुने प्रतिस्पर्धा बडो रोचक हुने अपेक्षा मतदाताले गरेका छन् । घिसिङले सिमान्तकृत समुदाय, दलित, जनजाती, महिला लगायतका क्षेत्रमा आफुले सामाजिक संघ संस्थामार्फत जिल्लाभरी कार्यक्रम पुर्याएका कारण जत्ने दाबी गर्दै आएका छन । उनले भने, “म गाउँमे बसेर नागरीकहरुको सेवा गरिरहेको छु । मेरो जित पक्का छ ।”

चौँलागाई जिल्लामा कम बस्ने नेताका रुपमा चित्रित भएपनि उनले आफूलाई जिल्लाको विकास निर्माणमा जिल्लामा मात्रै बसेर सम्भव नहुने भएकाले राजनीतिक नेतृत्वसँग पनि उत्तिकै सौहार्दपूर्ण सम्बन्ध चाहिने हुँदा आफूले रामेछापलाई राजनीतिको मूल प्रवाहसँग जोड्न सक्ने बताएका छन् । उनले आफू उमेरले युवा र ४० बढी देशको वैदेशिक भ्रमणबाट विकासका विभिन्न मोडलको अध्ययन गरेको व्यक्ति भएकाले प्रदेशसभा ‘ख’मा मतदान गर्ने रामेछापका मतदाताले आफूलाई रुचाउने दाबी गरेका छन् । उनले भने, “स्थानिय तहको मतलाई हेर्दा पनि हामी अघि छौँ । मेरो क्षेत्रको बलियो उम्मेदवार म हो । अहिले त नेपाली कांग्रेसको साथ पनि मलाई छ ।”

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार