भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको रामेछाप प्रशासनको दाबी

भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको रामेछाप प्रशासनको दाबी

प्रदेश, प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि रहेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसहित अघिल्ला निर्वाचनहरूमा झडप भएका क्षेत्रका मतदाता त्रासमा छन् । रामेछाप प्रशासनले भने शान्तिपूर्ण तवरले मतदान सम्पन्न हुने भएकाले ढुक्कका साथ निर्वाचनमा सहभागि हुन आग्रह गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जिल्लामा सुरक्षा सर्तकता उच्च बनाएकाले ढुक्कसाथ मतदान गर्न नागरिकलाई अनुरोध गर्नुभयो । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने गरि २५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रेग्मीले बताउनुभयो । मतदानलाइ स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनको लागि सुरक्षा संयन्त्र, राजनीतिक दल, कार्यकर्ता, उम्मेदवार र मतदाता पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार