मौन अवधिमा गाउँपालिका अध्यक्षले कर्मचारी र मतदातालाई प्रलोभन देखाएर सुर्यमा भोट मागे

मौन अवधिमा गाउँपालिका अध्यक्षले कर्मचारी र मतदातालाई प्रलोभन देखाएर सुर्यमा भोट मागे

निर्वाचनको मौन अवधि (स्थिर समय) मा खाँडादेवी गाउँपालिकाका अध्यक्षले गाउँपालिको पेजबाट भिडियो सन्देश मार्फत सुर्य चिन्ह देखाउँदै भोट मागेका छन् । निर्वाचन आयोगले गएराती १२ बजे देखि मौन अवधि सुरु हुने बताएको भएपनि खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञन कुमार श्रेष्ठले शुक्रबार बिहान सुर्य उदाउदै छ भन्दै एमालेलाई भोट माग्ने आसयको भिडियो सन्देश पोष्ट गरेका छन् ।

उनले भिडियो सन्देशको सुरुमा नै मौसम परिवर्तनको कुरा गर्दै पुर्वबाट सुर्य उदाउँदै छ भनेर कुरा सुरु गरेका छन् । त्यसपछि उनले गाउँपालिकामा आउने कर्मचारीलाई समेत प्रलोभनमा पार्ने आसयले खाँडादेवीमा आउने कर्मचारीलाई खानपानको व्यवस्था, बासको व्यवस्था र सुरक्षाको व्यवस्था गाउँपालिकाले मिलाउने कर्तव्य पालिकाको हुने भनेका छन् । तर, निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन आयोगबाट निर्वाचन अवधि भरीको लागि आवश्यक पर्ने भत्ता र सुरक्षाको व्यवस्था गरेको हुन्छ ।

भिडियोमा उनले हामीले बिगत देखि सडक, शिक्षा, कृषि लगायतका काम गरिरहेको बताउदै त्यसको निरन्तरताको लागि मत दिन मतदातालाई अनुरोध गरेका छन् । तर, जनप्रतिनिधिले आफ्नो गाउँपालिकामा कुनै पनि प्रकारले मत माग्न नपाउने निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ । उनले मौन अवधि सुरु भएको समयमा समेत आचार संहितालाई पनि उल्लघंन गरेर मतदातालाई प्रलोभन हुने गरी भिडियो सन्देश पोष्ट गरेका छन् ।

उनले बिहिबार रामेछाप नगरपालिकामा सरकारी गाडीको दुरुपयोग गर्दै भोट माग्न हिडेको भन्दै प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।
निर्वाचनको मौन अवधिमा गरिएको यस्तो कार्य कानुन विपरित हुने भएकाले यस विषयमा आज दिउँसो बैठक बसेर कानुनी प्रक्रियामा जाने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी मधुकर कुमार साहले बताए ।                                                                      यस्तो छ भिडियो  :   

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार