रामेछापमा पनि रासायनिक मलको अभाव

रामेछापमा पनि रासायनिक मलको अभाव

देशभरि जस्तै रामेछामपा पनि रासायनिक मलको अभाव भएको छ । मलको अभावका कारण किसानहरू बर्सेनि समस्या भोगिरहेका छन् भने उत्पादन पनि घटिरहेको छ । मलकै अभावमा किसानको मेहनत पनि खेर गइरहेको छ ।भर्खरै धान भित्¥याएका किसानहरू हिउदे बाली लगाउने तयारी गरिरहेका छन् ।

हिउदे बालीका लागि पनि किसानहरूलाई मलको अभाव भएको लिखुतामाकोशी गाउँपालिकाका गोविन्द महतले बताउनुभयो । धान रोपार्इँ गर्दा पनि किसानले मलको अभाव खेपेका थिए । हिउदे बालीको रुपमा किसानहरू तोरी, गहुँ, आलु, तरकारी लगाएत खेति गरिरहेका छन् । त्यसको लागि डिएपी मलको माग उच्च छ । अहिले चुनावी माहोल भए पनि कुनै पनि उम्मेदवारले मलको विषयलाई प्राथमिकतामा राखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार