रामेछापमा ५७ जना कैदीबन्दीले मतदान गर्न पाउने

रामेछापमा ५७ जना कैदीबन्दीले मतदान गर्न पाउने

आसन्न निर्वाचनमा रामेछाप कारागारमा रहेका कैदीबन्दीमध्ये ५७ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारमा ३ सय २८ जना कैदीबन्दी रहेको बताइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

कार्यालयका प्रमुख मधुकर शाहले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो–कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा ५७ जनाको मात्रै नाम छ । कारागारमा हाल ३ सय ११ जना पुरुष र १७ जना महिला कैदीबन्दी रहेको जिल्ला कारागार रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार