रामेछापमा निर्वाचनमा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण

रामेछापमा निर्वाचनमा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण

रामेछापमा आसन्न मंसिर ४ गतेको निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमुुखीकरण गरिएको छ । निर्वाचनको दिन ,मतदान कार्य भइरहेका बेला र  त्यस बेलाको अवस्था पर्यवेक्षण गर्दा अपनाउनुपर्ने पक्षबारे पर्यवेक्षकलाई अभिमुखीकरण गरिएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा रामेछाप जिल्लाका ८ वटै पालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अनुुशिक्षण प्रदान गरिएको हो ।

नियोग रामेछापका अध्यक्ष बद्रि नयाँघरेले मतदान पूर्व, मतदानका दिन र मतदानपछि हुुने हरेक गतिविधिको पर्यवेक्षणमा खटिने पर्यवेक्षकले गर्न हुने र नहुने कार्यबारेब जानकारी गराउनुभयो । नियोकका जिल्ला प्रतिनिधि युवराज श्रेष्ठले पर्यवेक्षण सम्बन्धी कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो । सो क्रममा पर्यवेक्षकले रिपोर्टिङ गर्ने प्रतिवेदनमाथि पनि छलफल गरिएको हो । पर्यवेक्षकले एसएमएस र फारम भरेर रिर्पाेटिङ गर्नु पर्नेछ । नियोकले रामेछाप जिल्लामा १८ जना पर्यवेक्षक खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार