राकाथुमको समस्याको बारेमा गुम्देल र गौश्वारामा बोलेको छु, निर्वाचित भएपछि सबै पुरा गर्छु- कान्छाराम

राकाथुमको समस्याको बारेमा गुम्देल र गौश्वारामा बोलेको छु, निर्वाचित भएपछि सबै पुरा गर्छु- कान्छाराम

रामेछापबाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले राकाथुमको समस्या समाधानको लागि निर्वाचित भएपछि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले खाँडादेबीको राकाथुममा आयोजना गरेको चुनावी सभामा भनाइ राख्ने क्रममा काँग्रेस पार्टी सभापति समेत रहेका उम्मेद्वार तामाङले राकाथुमको भौतिक विकास देखि सामाजिक विकासका हरेक समस्याका बारेमा आफू जानकार रहेको बताउँदै गठबन्धनका उम्मेद्वारले जितेपछि समग्र विकासको लागि प्रतिबद्ध भएर लाग्ने बताएका हुन् ।

मंसिर ४ नजिकिदै गर्दा आफूहरुको जित नजिक भइसकेको दाबी गर्दै उम्मेद्वार तामाङले मंसिर ४ पछिको‌ पाँच बर्षको समयमा रामेछापको विकासमा समर्पित हुने धारणा राखे ।
पुर्ण बहादुर तामाङ (कान्छाराम) ले एमालेका उम्मेद्वारहरुले हार स्वीकार गरेर प्रतिनिधि सभा र प्रदेश सभाका तीनै जना उम्मेद्वारहरु गाउँ छोडेर काठमाण्डौ पसेको आरोप लगाए ।

त्यस्तै बागमती प्रदेश सभा सदस्यको लागि रामेछाप प्रदेश सभा (ख) बाट उम्मेद्वार रहेका युवराज चौलागाईले आफूहरुको जित निश्चित भएको धारणा राख्दै आगामी पाँच वर्षको अवधिमा जिल्लाको विकासमा उल्लेखनिय परिवर्तन हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार