रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबिच गठबन्धन

रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबिच गठबन्धन

रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएको छ । नेपाली कांग्रेसले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने अडान लिएपछि अन्तिम समयमा आएर माओवादी र एकीकृत समाजवादी पार्टीबिच तालमेल गरेर जाने सहमति जुटेको नेकपा माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङले जानकारी दिनुभयो ।

तालमेल बारे हिजोदेखी बसेको बैठक आज सहमति गरेर टुंगिएको हो । ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा मेयर माओवादीले र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको तामाङले बताउनुभयो । वडा नं १ र ७ एकीकृत समाजवादीले पाउने बाँकी ७ वटा वडा माओवादीले पाउने सहमति जुटेको छ । रामेछाप नगरपालिकामा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएसँगै एमाले,कांग्रेस र राप्रपा एक्ला एक्लै चुनाव लड्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार