रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट सन्तोष तामाङ वडाअध्यक्षको उम्मेदवार,केदार कार्की पछि हटे

रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट सन्तोष तामाङ वडाअध्यक्षको उम्मेदवार,केदार कार्की पछि हटे

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको थियो । कार्कीलाई पुन वडाअध्यक्षको उम्मेदवार बनाएको भन्दै वडा सदस्य सन्तोष तामाङ,नेपाली कांग्रेसका नेता गौतम कुमार श्रेष्ठले आफुहरुले वडाअध्यक्षको टिकट पाउनुपर्ने बताउदै आउनुभएको थियो ।

तामाङ र श्रेष्ठले कुनै पनि हालतमा आफुले वडाध्यक्षको टिकट पाउनुपर्ने अडान राखेपछि आईतबार रातभर त्रिपक्षिय बैठक बसेको थियो । अन्तत केदार कार्कीले सन्तोष तामाङलाई वडाअध्यक्षको उम्मेदवारमा सहमती जनाएपछि टिकटको विषयलाई लिएर भएको विवाद समाधान भएको छ ।

अब वडा नं ८ मा तामाङ वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ । वडा सदस्य भएर काम गरिसक्नुभएका तामाङ वडामा निकै लोकप्रिय मानिनुहुन्छ । कुनै पनि हालतमा तामाङले वडाअध्यक्षको टिकट पाउनुपर्ने कुरा नागरीकस्तरबाट आउने गरेको थियो । नागरीकले रुचाएको र जनमत पनि धेरै भएको हिसाबले तामाङले भारी मतले चुनाव जित्ने आँकलन गर्न सकिन्छ ।

५ वर्षको अबद्यिमा वडा नं ८ मा धेरै कामहरु भएको वडाअध्यक्षका उम्मेदवार तामाङले बताउनुभयो । उहाँले वडाको समग्र विकासमा आफु पहिलादेखी नै रात दिन नभनी लागी परेको भन्दै पहिलो कार्यकालमा आधाअधुरा रहेका कामहरु अबको कार्यकालमा पुरा गर्ने पतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार