मन्थली नगरपालिका–१४ मा कांग्रेसबाट अविराज कुमार खड्का सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

मन्थली नगरपालिका–१४ मा कांग्रेसबाट अविराज कुमार खड्का सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले मन्थली नगरपालिका–१४ मा कांग्रेसबाट अविराज कुमार खड्कालाई सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार टुंग्याइएको छ । सफल व्यवसायि र युवाहरु माझ निकै परिचित खड्कालाई नेपाली कांग्रसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो ।

वडाध्यक्षका उम्मेद्वार खड्काले आफुले वडामा जितेको खण्डमा नागरीकहरुको मन जित्ने गरी काम गर्ने बताउनुभयो । स्नातक तह उतिर्ण गर्नुभएका खड्काले वडामा के कसरी विकास गर्नुपर्छ भन्ने भिजन आफुसँग रहेको बताउनुभयो । सोहि योजना र भिजनले समग्र वडाको विकासमा आफु लागिपर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार