रामेछाप नगरपालिकाको मेयरमा गठबन्धनबाट नरेशबाबु श्रेष्ठको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा गठबन्धनबाट नरेशबाबु श्रेष्ठको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएर उम्मेद्वारी दर्ता गरिएको छ । ९ वटा वडा रहेको रामेछाप नगरपालिकाको मेयरमा माओवादीका उम्मेद्वार नरेशबाबु श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको छ भने एकीकृत समाजवादीका उम्मेद्वार ढाल विक्रम कार्कीले उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

वडा नं १ र ७ मा एकीकृत समाजवादीले आफनो उम्मे्द्वारी दर्ता गराएको छ । १ मा बाबुराम कार्की र ७ मा सुर्य कार्कीले वडाअध्यक्षमा उम्मे्द्वारी दर्ता गराएका हुन । माओवादी केन्द्रबाट वडा नं २ मा निर कु श्रेष्ठ,वडा नं ३ मा भक्त ब प्रधान,वडा नं ४ मा जनकराज सुनुवार,वडा नं ५ मा तिलक तामाङ,वडा नं ६ मा मोतिलाल तामाङ,वडा नं ८ मा सरोज कटुवाल र वडा नं ९ मा चन्द्र ब श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

साथै ९ वटै वडाका वडा सदस्यका उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन । बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार