रामेछाप नगरपालिका–६ मा माओवादीबाट मोतिलाल तामाङ सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

रामेछाप नगरपालिका–६ मा माओवादीबाट मोतिलाल तामाङ सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्षको उम्मेदवार सर्वसम्मत टुंग्याइएको छ । माओवादीे नगर कमिटीको बैठकले मोतिलाल तामाङलाई सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र रामेछाप नगरपालिकाको अध्यक्ष समेत रहेका तामाङ २०७४ सालको स्थानिय तहको चुनावमा पनि वडाअध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । तर उहाँ थोरै मतले पराजित हुनुभएको थियो । वडाध्यक्षका उम्मेद्वार तामाङले वडा नं ६ मा आफु निर्वाचित भए आर्थिक,समाजिक रुपान्तरण हुने गरी काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार