रामेछाप नगरपालिकाको उपमेयरमा काँग्रेसको बागी उम्मेद्वार

रामेछाप नगरपालिकाको उपमेयरमा काँग्रेसको बागी उम्मेद्वार

रामेछाप नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसबाट बागी उम्मेद्वारी परेको छ । नपाली काँग्रेस रामेछापले आईतबार मेयरमा लवश्री न्यौपाने र उपमेयरमा सुशिला लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सुशिला लामालाई सोमबार उम्मेद्वारी दर्ता गर्न रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको थियो ।

सोमबार (आज) उम्मेद्वारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएका लामाले आफ्नो नाम उपमेयरबाट रातारात हटाइएको बताउनुभयो । रातारात आफ्नो नाम काटेर उपमेयरमा अर्कैलाई टिकट दिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । नेपाली काँग्रेस रामेछापले सोमबार (आज) बिहान नगरपालिकाको मेयरमा लवश्री न्यौपाने र उपमेयरमा बालाकुमारी कार्की थापालाई टिकट दिएको हो । सुशिला लामाले पनि उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ भने बालाकुमारी कार्की थापाले पनि उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार