रामेछाप नगरपालिका–२ मा कांग्रेसबाट सुशिलहरि बख्रेल सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

रामेछाप नगरपालिका–२ मा कांग्रेसबाट सुशिलहरि बख्रेल सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछापको रामेछाप नगरपालिका–२ देउरालीमा कांग्रेसबाट सुशिलहरि बख्रेललाई सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार टुंग्याइएको छ ।

नेपाली कांग्रेस रामेछाप नगरपालिकाका सचिव,नेपाल विद्यार्थी संघ रामेछापका उपाध्यक्ष समेत रहनुभएका बख्रेललाई नेपाली कांग्रसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो ।

वडाध्यक्षका उम्मेद्वार बख्रेलले आफुले वडामा जितेको खण्डमा सुख्खाग्रस्त वडा देउरालीमा खानेपानीको व्यवस्था गर्ने,वडामा लोप हुँदै गएको विभिन्न संस्कार र संस्कृतिको जगेर्नाको लागी प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार