तालमेल बारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्ने तयारी

यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा के कसरी तालमेल गर्ने भन्ने बारेमा छलफल गर्न सरकारमा सहभागी दलहरूको बैठक आज बस्ने तयारी भएको छ । यद्यपी समय भने टुङ्गो नलागेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले आज छलफल गरेर निर्णयमा पुग्ने तयारी भए पनि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका […]

चुनाबी प्रचारमा दलहरुको आधुनिक शैलि

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलहरुले प्रचारप्रसारको शैलिलाई प्रविधिमैत्री बनाउदै लगेका छन् । सामाजिक सञ्जालको लोकप्रियता बढ्दै गएका बेला दलहरूले चुनाबी प्रचारका लागि सञ्जालहरुको प्रयोग बढाएका हुन् । कार्यकर्ताहरूले फेसबुक, म्यासेन्जरमा पार्टीका ब्यानर बुस्ट गर्नेदेखी टिकटकमा चुनाबी गितको भिडियो बनाउने सम्मका गतिविधि गरिरहेका छन् । सामाजिक सञ्जालको उपयोग गर्दै नेपाली काँग्रेसले आफ्नो पक्षमा उत्कृष्ट गित […]

कांग्रेसबाट रामेछाप नगरपालिकाको मेयरमा ३ जनालाई ९ वटै वडाको साथ

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिकाको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । आज नेपाली कांग्रेस रामेछाप नगर समितीको बैठकले प्रमुख तथा उपप्रमुखको नाम सिफारिस गरेको हो । रामेछाप नगरपालिकाको ९ वटै वडाहरुबाट नगर प्रमुखमा कमल विक्रम कार्की,लवश्री न्यौपाने र रत्न कार्कीको नाम सिफारिस भएको छ […]

वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्छु : ध्रुब बस्नेत

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरबाट सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बन्नुभएका ध्रुब बस्नेतले आफुले वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले वडाअध्यक्षमा निर्वाचित भएपछि आफुलाई राज्यकोषबाट आउने कुनै पनि नगद रकमबाट वडामा रहेका दलित,गरिब र जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग गर्ने […]

रामेछापमा स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने भएका छन । आज मन्थलीमा गठबन्धनको पहिलो बैठकले केन्द्रले जारी गरेको अपिललाई आत्मासात गर्दै रामेछापमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको नेपाली कांग्रेस रामेछापका उपसभापति लेख ब कार्कीले जानकारी दिनुभयो । पाँच दलको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर […]

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट रोशन र सिता सर्वसम्मत उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिकाले मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंग्याइएको छ । शुक्रबार बसेको एमाले नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सिता केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयरका उम्मेदवार पाख्रिनले रामेछाप नगरपालिकाको मेयर जितेको खण्डमा विशिष्ट महत्व बोकेको रामेछाप बजारलाई सुन्दर र […]

रामेछाप नगरपालिका ७ मा एमालेबाट ध्रुब बस्नेत सर्वसम्मत वडाअध्यक्षको उम्मेद्वार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत टुंग्याइएको छ । आज बसेको एमाले नगर कमिटीको बैठकले ध्रुब बस्नेतलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । वडाध्यक्षका उम्मेद्वार बस्नेत भूतपूर्व नेपाली सेनाका जमदार हुनुहुन्छ । सुकाजोरमा चुनाव जित्ने एमालेको एक मात्र बलियो उम्मेद्वार […]

नेपाली कांग्रेस रामेछाप नगरपालिकाले कुनै दलसँग गठबन्धन नगरी चुनाव लड्ने

सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस रामेछाप नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिको आज(बुधबार) बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन र […]

रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ । आज बसेको नेपाली काँग्रेस वडा समिती बैठकले राजेश तामाङलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । यसैगरी अन्य ४ जना सदस्यका उम्मेदबार खड्ग ब मगर,शर्मिला विक,गंगाराम तामाङ र सबिना मोत्तान  […]

रामेछापको युवा नेता मोक्तान बने जसपाको केन्द्रिय सचिवालय सदस्य

जनता समाजवादी पार्टी नेपालको संघिय परिषद केन्द्रीय सदस्य एवम सचिवलय सदस्यमा रामेछापका युवा नेता रोज बहादुर मोक्तान मनोनीत हुनुभएको छ । शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकको निर्णयले मोक्तानलाई मनोनीत गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका टिमु घर भएका मोक्तान बिगत लामो समय देखि नै पार्टीमा निरन्तर लागि परिरहेको नेता हुनुहुन्छ । समाजका हरेक समस्यलाई पहिचान […]