रामेछापको लिखुतामाकोसी गाउपालिका १ मा एमालेको प्यानलैै विजयी

रामेछापको लिखुतामाकोसी गाउपालिका १ दुरागाउँमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा प्रदिप कुमार तामाङ बिजयी हुनुभएको छ । यस्तै, सदस्यहरुमो एमालेका ध्रुव कार्की, विमल सुनुवार, खिट कुमारी थापा र शर्मिला खुट्टे बिजयी हुनुभएको छ ।  

रामेछापको उमाकुण्ड–१ मा एमाले विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा एमालेका ङावातिण्डु शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले नेपाली कांग्रेसका उम्मेदवार ङापेम्बा शेर्पालाई पराजित गर्नुभएको हो । शेर्पाले ४७४ मत ल्याएर जित्नुभएका छ । कांग्रेका उम्मेदवार १३ मतले पराजित भएका हुन ।

रामेछापको गोकुलगंगा गाउँपालिका–३ मा एमालेको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नर विक्रम कार्की विजयी हुनुभएको छ ।आज सार्वजनिक गरिएको वडाको मतपरिणाम अनुसार कार्कीले कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँ सहित उक्त वडामा एमालेको प्यानल नै विजयी भएका छन् । पालिका अध्यक्षमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।  

रामेछाप गोकुलगंगा गाउँपालिका–२ को वडाअध्यक्षमा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाउनुभएको छ । यसअघि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा पनि कांग्रेसकै वडा अध्यक्ष विजयी भएका थिए ।

रामेछापको मन्थली नगरपालिका १४ मा एमालेको प्यानलै बिजयी

रामेछापको मन्थली नगरपालिका वडा नं १४ फुलासीमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । उक्त वडा जितेसँगै मन्थली नगरपालिकामा नेकपा एमालेले जितको खाता खोलेको हो । फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ ।  

रामेछाप नगरपालिका वडा नं १ मा कांग्रेसका रेखवहादुर खत्री विजयी

रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रेखवहादुर खत्रीले विजय हासिल गर्नुभएको छ । उक्त वडामा नेकपा एमालेका शिव कार्कीलाई पराजित गर्दै खत्रीले ६ सय ३० मत प्राप्त गर्नुृभएको छ । कार्कीले भने ५ सय ९४ मत पाउनुभयो । वडामा ३ वटा सदस्य नेकपा एमालेबाट र १ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् […]

रामेछापको मन्थली नगरपालिका वडा नं १ मा काँग्रेसको जित

रामेछापको मन्थली नगरपालिका १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । जिल्ला सदरमुकाम रहेको उक्त वडामा काँग्रेस बहुमत सहित विजयी भएको हो । आईतबार सम्पन्न मतगणनामा काँग्रेसका होमप्रसाद पौडेल ( रामहरी ) ले ९ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेशराज सुवेदीले ७ सय ८४ मत प्राप्त […]

विवाद मिलेसँगै रामेछाप नगरपालिकामा मतगणना सुरु

रामेछाप नगरपालिकामा मतगणना सुरु भएको छ । हिजो भएको मतदानको मतगणना गर्न सर्बदलिय बैठक बसेर मतगणना सुरु गरिएको रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङले जानकारी दिनुभयो । अपरान्ह ४ बजेबाट मतगणना सुरु भएको हो । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ […]

रामेछापमा ६० प्रतिशत मत खस्यो,आजै रातिदेखी मत गणना गर्ने तयारी

रामेछाप जिल्लामा ६० प्रतिशत मतदान भएको छ । विहान ७ बजेदेखी दिउँसो ५ बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप मन्थलीले जानकारी दिएको छ । जिल्लाका ८ वटै पालिकामा करिव ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिनुभयो । जिल्लाको ४ वटा स्थानमा बाहेक अन्य सबै ठाउँमा शान्तिपुर्ण रुपमा […]

रामेछाप नगरपालिकामा एउटा पनि आचारसंहिता उल्लंघनको उजुरी परेन

स्थानीय तहको निर्वाचन २०७९ आउन अब २ दिन मात्रै बाँकी छ । अहिले निर्वाचनको मौन अवधी जारी छ । निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले आज नगरपालिकामा रहेका सबै राजनीति दलका प्रतिनिधि तथा पत्रकारसँग मौन अबधिको पालनाबारे छलफल गरेको छ । रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङको अध्यक्षतामा बसेको बैठकमा बोल्दै निर्वाचन अधिकृत गुरुङले रामेछाप नगरपालिकामा […]