१७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका खिम्तीका युवक पक्राउ

१७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका खिम्तीका युवक पक्राउ

एक १७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पौष ३ गते दिउँसो २ बजेको समयमा रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ खिम्ती स्थित डल्ले चौताराको जंगलमा किशोरीमाथि जबरजस्ती करणी भएको थियो ।

बिद्यालयबाट आफ्नो घरतर्फ गईरहेको अवस्थामा लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को अम्वर बहादुर कडरियाले किशोरीलाई जबरजस्ती करणी गरी फरार भएका थिए । कडरियालाई पक्राउ गरी जिल्ला अदालत रामेछापबाट म्यादथप भई अनुसन्धान कार्य भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार