रामेछापको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जित्यो

रामेछापको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जित्यो

रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका वाड नं ७ भुजिमा भएको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जितेको छ । महिला र पुरुष दुबै सहभागी खेलमा १६ टिमले भाग लिएका थिए ।

फाइनलमा बिगु गाउपालिका दोलखा र प्रीति मिलनचोक क्लब रामेछाप बिच प्रतिस्पर्धा भएको थियो । ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा प्रीति मिलनचोक युथ क्लबले ४ का विरुद्ध ५ गोल गरेर उमाकुण्ड लिगको दोस्रो सस्करणको ट्रफि जित्न सफल भएको पत्रकार मोहन कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी महिला तर्फ रगनि ओखलढुंगा र लिखु भुजि युथ क्लब बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेल पनि ट्राइब्रेकरमा रगनि ओखलढुंगाले ० का विरुद्ध ३ गोलगरि ट्रफि जित्न सफल भएको हो । प्रतियोगितामा प्रथम हुने पुरुष टिमले १ लाख ५० हजार र उपबिजेताले १ लाख रुपैयाँ प्राप्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार