बालिकालाई बालयौन दुरुपयोग गरि फरार रहेका शिक्षक पक्राउ

बालिकालाई बालयौन दुरुपयोग गरि फरार रहेका शिक्षक पक्राउ

बालिकालाई बालयौन दुरुपयोग गरि फरार रहेका शिक्षकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । सोमबार बालयौन दुरुपयोगका आरोपी लिखुतामाकोसी ७ का शिक्षक मान बहादुर सार्कीलाई पक्राउ गरेको हो ।

नवदर्शन माविमा अध्ययनरत बालिकालाई यहि मंसिर २६ गते दिउँसोको समयमा ललाइफकाई गरि एकान्तमा लगि यौन दुरुपयोग गरेको आरोपमा सोही विद्यायमा अध्यापन गराउने शिक्षक सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।

पक्राउ परेका आरोपीलाई जिल्ला अदालतबाट म्याद थप गरि थुनामा राखि थप अनुसन्धान गरिने प्रहरी प्रमुख पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार