रामेछापमा खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढ्दै

रामेछापमा खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढ्दै

रामेछापमा पछिल्लो समय खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढेको छ । लागत खर्च कम लाग्ने र समयको पनि बचत हुने भएपछि रामेछापका किसान पनि आधुनिक उपकरणको प्रयोगमा आकर्षित भएका हुन् ।

रामेछाप नगरपालिका ७ का राम बहादुर मगरका अनुसार केहि वर्षअघिसम्म खेतबारी खन्न र जोत्न गोरुको प्रयोग गरिने भए पनि अचेल खेतबारीमा समयको बचतसँगै थोरै मिहेनतमा एकै पटक धेरै खेतबारी जोत्न सकिने भएकाले पावर टिलरको प्रयोग हुन थालेको छ ।

किसानले कस्तो माटोमा कस्तो बाली लगाउने र रोगकिरा लागे कसरी उपचार गर्ने भन्ने विषयमासमेत इन्टरनेटको माध्यमबाट जानकारी लिने गरेका छन् । सिँचाईमासमेत नयाँ प्रविधिको प्रयोग हुने गरेको छ ।

किसानले टनेल तथा हाईटेक प्रविधिको खेतीपातीमा जोड दिने गरेका छन् । पछिल्लो समय कृषि क्षेत्रमा जनशक्तिको अभाव छ । कृषि यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा राम्रो उत्पादन लिन सकिन्छ ।

जिल्लाका स्थानीय तह र कृषिसँग सम्बन्धित सरकारी निकायले पनि कृषिलाई व्यवसायीककरण गर्न आधुनिक कृषि यन्त्रकै प्रयोगमा प्रोत्सान गर्दै आएका छन् । त्यसका लागि उनीहरूले अनुदानसमेत दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार