रामेछाप अस्पतालमा महिलाहरुको आङखस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु
जिल्ला अस्पताल रामेछापमा महिलाहरुको आङखस्ने समस्याको शल्यक्रिया शिविर सुरु भएको छ । बाम्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सुरु भएको हो । शिविर सुरु हुनुअघि भएको एक कार्यक्रममा बोल्दै बाम्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जिल्ला अस्पताल रामेछापलाई एउटा विशेष रोगको उपचार गर्ने केन्द्रको रुपमा विकास गर्नको लागी पहल भैरहेको बताउनुभयो । […]