रामेछाप नगरपालिकाले प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रम गरी मनाउने

रामेछाप नगरपालिकाले प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रम गरी मनाउने

रामेछापको रामेछाप नगरपालिकाले प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकामा शुक्रबार (आज) नगर प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो ।

यहि फागुन ७ गते पर्ने प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु हुने नगरपालिकाले जनाएको छ । फागुन ६,७ र ८ गते दिवसको अवसरमा नगरपालिकाको कार्यालय तथा वडा कार्यालहरुमा दिपावली गरिने नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा रहेका सबै सरकारी कार्यालय,विभिन्न संघसंस्था र बजारका स्थानियहरुलाई ३ दिन दिपावली गर्न निर्देशन दिइएको छ । फागुन ७ गते जिल्ला अस्पताल रामेछापमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार