रामेछापको सेलेघाटमा टिफर दुर्घटना,चालकको घटनास्थलमै मृत्यु

रामेछापको सेलेघाटमा टिफर दुर्घटना,चालकको घटनास्थलमै मृत्यु

रामेछापको सेलेघाटमा टिफर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार(आज) बिहान करिब ११ बजेको समयमा मन्थली नगरपालिका वडा नं ६ सेलेघाट सिल्लीबजार स्थित सुनकोशी मरिन ड्राईभर्सनको टिफर दुर्घटना भएको हो ।

बा २ क ४५०७ नम्बरको टिफर काम गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको हो । उक्त दुर्घटनामा टिफर चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका ४ गौरीडाँडाँ घर भएको अन्दाजी वर्ष ५० को जय बहादुर माझीको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार