दोस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा दोस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहि चैत्र २५ गते देखि २८ गते सम्म प्रतियोगिता सन्चालन हुने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगदको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान […]

रामेछाप नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण

रामेछापको रामेछाप नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले ‘हाम्रो रामेछाप नगरपालिका ’नामक पाठ्यपुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । पाठ्यपुस्तक निर्माणका लागि नगरपालिकाले विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । पस्तकमा रामेछाप नगरपालिकाको […]

कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै रामेछापमा पनि भिडभाड गर्न रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै भिडभाड गर्न रोक लगाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौँलोचन सैजूको अध्यक्षतामा मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना भाइरस कोभिड १९ संक्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सभा,जुलुस,र्याली, भेला,जमघट,गोष्ठी,सेमिनार, बैठक तथा भिडभाड बढाउने व्यवसायीक कार्यहरु नगर्न तथा नगराउन आग्रह गरेको […]

रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत चैत ९ गते सोमबारसम्म जिल्लाका १५ हजार ८९१ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका […]

रामेछापमा टेलिकमको फाइबर टु द होम सेवा शुरु

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा रामेछापमा पनि सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । नेपाल टेलिकम रामेछापले सदरमुकाम मन्थलीमा आज एक कार्यक्रमको आयोजना गरी जिल्लामा फाइबर टु द होम सेवा सुरु गरेको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत […]

समाजसेवी भरत चौलागाँइद्धारा विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम समाजसेवी भरत चौलागाँइले रामेछाप नगरपालिका ८ मा रहेको श्री मावि भंगेरीका शिक्षक र विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । चौलागाँइले विद्यालयलाई ४ वटा कम्युटर र विद्यार्थीहरुलाई सिकाउन एक महिना भित्र पन्चेबाजा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक […]

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाईने

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाइने भएको छ । रामेछाप जिल्लाका कलाकारहरुको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाउदै आगामी दिनमा धेरै भन्दा धेरै कलाकारहरुलाई जोड्दै जाने निर्णय गरिएको हो । शनिबार रामेछाप सदरमुकाम मन्थलीमा पालिकास्तरीय अन्तरकृया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो । जिल्लाको ८ वटै […]

सुनापति गाउँपालिकामा दुई खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन

रामेछापको सुनापति गाउँपालिका– ५ र ३ का २ वटा खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन गरिएको छ । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना र हिलेदेवीको कामाखोला खानेपानी आयोजना उद्घाटन तथा उपभोक्तालाई हस्तान्तरण गरिएको हो । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि कूल १ करोड १ लाख ३ हजार ६ सयको लागत लागेको थियो । सो योजनामा […]

सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी छ । पानीको निकै समस्या रहेको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा यहाँका नागरीकहरुलाई पानी संकलन गर्न सहयोग पुर्याउने उद्धेश्यले केहि वर्ष अघिदेखी एक घर एक ट्याङ्की वितरण अभियान सन्चालन भईरहेको छ । आकाशे पानी संकलन गरी विभिन्न काममा प्रयोग गर्न […]

रामेछापमा ५४ जनाको स्वाब परीक्षण गरिएकोमा १ जनालाई कोरोना पोजेटिभ

रामेछाप जिल्लामा ५४ जनाको कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यहि चैत्र १ गते पिसिआर परीक्षणका लागी पठाइएको ५४ जनाको स्वाबमध्ये १ जनामा कोरोना संक्रमण देखिएको छ भने अरु बाँकी ५३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना […]