रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाईने

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाईने

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाइने भएको छ । रामेछाप जिल्लाका कलाकारहरुको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाउदै आगामी दिनमा धेरै भन्दा धेरै कलाकारहरुलाई जोड्दै जाने निर्णय गरिएको हो । शनिबार रामेछाप सदरमुकाम मन्थलीमा पालिकास्तरीय अन्तरकृया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो ।

जिल्लाको ८ वटै स्थानिय तहमा समिती गठन भइसकेपछि सबै पालिकामा रहेका समितीका पदाधिकारीहरु भेला भएर उक्त छलफल तथा अन्तरकृया गरिएको हो । संस्थाका अध्यक्ष राम कु्मार पौडेलको अध्यक्षतामा भएको पालिकास्तरीय अन्तरकृया तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुले पालिकास्तरमा गर्नपर्ने काम र वडा समिती गठन लगायतका बारेमा छलफल गरिएको हो । पालिकाहरुसँगको समन्वयमा विभिन्न पालिकामा महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्ने बारेमा पनि छलफल भएको छ ।

जिल्लाका कुनै पनि कलाकार नछ्ुटुन भन्नको लागी हरेक वडामा समिती गठन गरिने संस्थाका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले बताउनुभयो । रामेछापका कलाकारहरुको हक,अधिकार र सहयोगका लागी अब रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाइने उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष रामकुमार पौडेले रामेछापका कुनै कलाकार यस संस्थामा आबद्ध हुनबाट छुट्नु भएको भए सम्बन्धित पालिकाको समितीमा सम्पर्क गरेर आबद्ध हुन आग्रह गर्नुभयो ।

अबदेखि जिल्लामा हुने हरेक सांस्कृतिक कार्यक्रमहरुमा रामेछापका कलाकारहरुको विशेष प्रस्तुत रहने उहाँले बताउनुभयो । उक्त कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजका उपाध्यक्ष उत्तम पौडेल,सन्ध्या सानु,सचिव सुरज लामा घिसिङ,कोषाअध्यक्ष गोविन्द गौतम लगायत जिल्लाको उमाकुण्ड गाउँपालिका बाहेका अरु सबै पालिकाका अध्यक्ष,सचिव र कोषाध्यक्षको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार