रामेछापमा कोरोना संक्रमित घटे,आज ८ जनामा संक्रमण पुष्टि

रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा […]

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ रामेछापको अध्यक्षमा गणेश खड्का

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले रामेछाप जिल्लामा पनि समिती गठन गरेको छ । नेपालका ७७ वटै जिल्लामा समिती गठन गर्ने योजना अनुसार आज रामेछापमा समिती गठन गरिएको हो । आज गठन गरिएको समितीमा अध्यक्षमा गणेश खड्का,उपाध्यक्षमा विष्णु कुमार प्रधान,सचिवमा भिम बहादुर पाण्डे,सहसचिवमा विकास राना र सदस्यहरुमा विरबल माझी र प्रवेश श्रेष्ठ निर्विरोध चयन भएका छन […]

रामेछापमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु गएको छ । रामेछाप नगरपालिका वडा नं ५ की ९७ वर्षिया महिलाको जिल्ला अस्पतालमा आज विहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मृत्यु भएकी वृद्ध महिलामा यहि साउन २५ गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या […]

प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष तथा कलर कार्ड सेवा सुरु

जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष र कलर कार्ड सेवा सुरु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले आज प्रहरी कार्यालय रामेछापमा एक कार्यक्रमका बीच उक्त सेवा सुरु गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै प्रजिअ शैजुले नागरिकलाई थप प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न यस्तो सेवाले निकै सहजता हुने बताउनुभयो । नागरिकमैत्री कार्यक्रमहरुमा […]

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गंगा नगरकोटीले तीन दिन अधिकांश स्थानमा वर्षा हुने बताउनुभयो । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा […]

रामेछापका युवा नेता सागरहरि अधिकारीमाथि आक्रमण

अनेरास्ववियूका केन्द्रीय सदस्य एवं रामेछापका युवा नेता सागरहरि अधिकारीमाथि शुक्रबार साँझ काठमाण्डौँ कोटेश्वरमा आक्रमण भएको छ । अनेरास्ववियू रामेछापका पूर्व अध्यक्ष समेत रहनुभएका अधिकारीमाथि शुक्रबार साँझ ७ः०० बजेको समयमा गाउँको राजनीतिक विषयमा कुराकानी गर्नु छ भनी नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पसका सभापति सञ्जय बुढाथोकी र कुले भनिने तरुण दलका नेता सुशिल बुढाथोकीले फोन गरेर काठमाडौंको कोटेश्वरमा […]

रामेछाप सहित विभिन्न ठाउँका नदी र खोलामा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

आज देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचनामार्फत् विशेष गरी कोशी, कर्णाली र यी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै आज तिनाउ, पश्चिम राप्ती र बबईलगायतका मझौला नदीहरुमा […]

२४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]

ज्यान सम्बन्धी कसूर मुद्दामा फरार रामेछापका खत्री पक्राउ

ज्यान सम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको हो । उनीमाथि गत पुस ६ गते बेलुकी काठमाडौंको कलंकी लामपाटीस्थित डेरामा भगवती लामा […]

रामेछापमा चोरी गर्दै हिँड्ने ओखलढंगाका तिन जना पक्राउ

रामेछाप र ओखलढुंगामा समुह बनाए र चोरी गर्दै हिँड्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । यही साउन २२ गते शुक्रबार दिउँसो रामेछापको उमाकुण्ड गाउँपालिका ७ बिमिरे स्थित टेकराज नेवारको पसल फोडेर १ लाख पचास हजार नगद चोरी गरेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका १ का वर्ष १६ का एक […]