रामेछाप भ्युटावरको नगर प्रमुख थापा मगरद्धारा उद्धघाटन

रामेछाप भ्युटावरको नगर प्रमुख थापा मगरद्धारा उद्धघाटन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा निर्माण भएको रामेछाप भ्युटावरको मंगलबार (आज) उद्धघाटन भएको छ । भ्युटावरको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले उद्धघाटन गर्नुभयो ।

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे,रामेछाप नगरपालिकाका कर्मचारीहरु र स्थानिको उपस्थितीमा रुद्रि पुजा लगाएर उक्त भ्युटावरको उद्धघाटन गरिएको हो ।

रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै त्यहाँ आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरेको छ । रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै आन्तरीक पर्यटकहरु भ्युटावर घुम्न आउन थालेका छन ।

भालुखोप भ्युटावरबाट पोकली झरना,जानकी मन्दिर,तारकेश्वर महादेव मन्दिर,गणेशटार मन्दिर सहित रामेछाप,सिन्धुली तथा ओखलढंगाका विभिन्न भूभागहरुको दृश्यअवलोकन गर्न सकिने वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । रामेछाप नगरपालिकाको १ करोड ४१ लाख लागतमा टिकट काउण्टर,चमेना गृह र शौचालय सहित सुनकोशी कन्स्ट्रकसन नेपाल प्रालिले उक्त भ्युटावर निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार