फोहोरमैला व्यवस्थापनमा प्रभावकारि बन्दै फोहोरमैला जलाउने चुलो

पछिल्लो समय बजार विद्यालय सावजनिक स्थल क्षेत्रमा दैनिक जसो निस्कने फोहोरमैला व्यवस्थापनमा सहज होस भन्ने उद्धेश्यले वातावरण संरक्षण परियोजनाले फोहोरमैला व्यस्यापन गर्नका लागि आवहन गरेको फोहोर जलाउने चुलो प्रभावकारि बन्दै गएको पाईएको छ । संस्थागत व्यत्तिगत, बजार क्षेत्र, विद्यालय, सार्वजनिक स्थलमा माग र आवश्यकताको आधारमा परियोजनाको सहयोग र टोलसुधार समिति, महिला समुह, युवा क्लव, वाल […]

ओलीको कदम विरुद्ध प्रजातान्त्रिक विचार समाजले प्रजिअलाई बुझायो विरोध पत्र

वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्दै प्रातान्त्रिक विचार समाज रामेछापले आइतवार जिल्ला प्रशासन कार्यालय रामेछापमा विरोध पत्र बुझाएको छ । समाजकाअध्यक्षनारायण बहादुर बोगटिले प्रमुखजिल्लाअधिकारी अर्जुन कुमार शर्मा गुरागाँइलाई उक्त बिरोध पत्रबुझाउनु भएको हो । विरोध पत्रमालोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिकबिधि, प्रकृया र संबिधानप्रदत्तअधिकारको प्रयोग मार्फत गर्नु राज्यका हरेक अंग र पदाधिकारीहरुको […]

रामेछापका फेरी २१ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइने, खोप लगाउन नाम टिपाउन आग्रह

रामेछाप जिल्लामा थप २१ सय जनालाई कोरोनाविरद्धको खोप लगाइने भएको छ स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार जिल्लाका दुई स्थानबाट कोरोना विरुद्धको खोप लगाउने छ । रामेछाप जिल्ला अस्पतालमा फागुन २ देखि ४ गते र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट फागुन ३ देखि ८ गतेसम्म खोप लगाइनेछ उहाँले बताउनुभयो । जिल्लाको आठ वटा स्थानीय तहबाट […]

जबरजस्ती करणी गर्न खोजेको आरोपमा रामेछाप सुनारपानीका युवक पक्राउ

एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा रामेछापबाट एक युवक पक्राउ परेका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका २७ वर्षीय सविन केसीलाई जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिका–४ हिमगंगामा जबरजस्ती करणी गर्न प्रयास गरेको पीडित महिलाको मौखिक जानकारीका आधारमा केसीलाई पक्राउ गरिएको जिल्ला […]

मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान दियो

रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिएको छ । गाई, भैसी पाल्ने किसानको संख्या घट्दै गइरहेको बेलामा पुशपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डेरीमा लगेर दूध बेच्ने किसानलाई नगरपालिकाले प्रति लिटर दुई रुपैयाँको दरले अनुदान दिएको हो । किसानलाई दूधमा अनुदान दिने मन्थली नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार […]

अब रामेछाप नगरपालिकाले पनि गाई भैँसीलाई सुत्केरी भत्ता दिने

रामेछापको रामेछाप नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरभरीका सुत्केरी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ । नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक विजय श्रेष्ठका अनुसार दुधमा आत्मनिर्भर बनाउने, उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रम अन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन लागिएको हो । […]

तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दैे विज्ञप्ती जारी

रामेछाप नागरपालिकामा शिक्षक छनौटको विषयलाई लिएर राजनीतिक पुर्वाग्रह राखेर कर्मचारीको मान मर्यादामा असर पु¥याउने तथा व्यक्तिको चरित्र हत्या गर्ने मनसायले तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दै स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापले विज्ञप्ती जारी गर्दै तथ्यहिन समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रामेछाप–३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि […]

रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ भएको छैन-शिक्षा शाखा

रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ नभएको शिक्षा शाखाले बताएको छ । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि बुधबार शिक्षक छनौट गर्दा निश्पक्ष तरिकाले भएको रामेछाप नगरपालिका शिक्षा शाखाका प्राविधिक साहयक डोर बहादुर तामाङले बतानुभयो । परीक्षा संचालनको दिन वडाध्यक्षले आफूलाई केही गाली गरेको भएपनि कठालोमा समातेर […]

ठोसेका आगोलागी पीडित परिवारलाई रामेछाप प्रशासनद्धारा घरमै पुगेर राहत प्रदान

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसे चौरपातलका आगलागिबाट ज्यानु गुमाउने परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले घरमै पुगेर राहत प्रदान गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ शर्मासहितको टोलीले आगलागीबाट ज्यानु कुमाएकी ८० बर्षिय बृद्धा पासाङलेकी शेर्पाको घरमा पुगेर राहत प्रदान गरेको हो । शुक्रवार प्रजिअ शर्माले […]

ओख्रेनीमा विकासले गति लियो : वडाअध्यक्ष खड्का

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष धन बहादुर खड्काले आफनो वडामा विकासले गति लिएको बताउनुभयो । उहाँले आफु निर्वाचित भएर वडाको विकास र नागरीकको सेवामा रातदिन नभएनी लागेपछि आफनो वडामा धेरै परिवर्तन आएको बताउनुभयो । छ्योईलिङ गुम्बा उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाअध्यक्ष खड्काले वडाका नागरीकहरुसँग हातमा हात र काँधमा […]